लकडाउनको समय थप,२५ गतेसम्म जारी
काठमाडौं,१४ बैशाख । सरकारले लकडाउनको समय १० दिन थप गरेको छ । । मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि लकडाउन २५ गतेसम्म थप्ने निर्णय गरेको हो । छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्ने निश्कर्षमा पुगेको हो ।
संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष गर्दै कोभिड नाइन्टिन संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो । विज्ञहरुले पनि लकडाउनलाई कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह दिएका थिए ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत