वीरगन्जमा थप २ जनामा कोरोना पोजेटिभ
काठमाडौं,१४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ । उहाँ वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको सहायक प्रजिअ बस्नेतले बताउनुभयो । अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ ।
कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १सय ४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं ल्याइएको थियो ।
जसमध्ये हालसम्म आएका ८२ जनाको रिपोर्ट मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको हो सहायक प्रजिअ बस्नेतले भन्नुभयो । यसैबीच नारायणी अस्पतालमा उपचार गराइरहेका ३ भारतीय जमातीलाई उपचार पछि निको हुनुभएको छ । उहाँहरुलाई डिस्चार्जको तयारी भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत