लकडाउन ? कलंकीमा घर जानेको भीड (फोटो फिचर)
अ +
अ -
काठमाडौं,१३ बैशाख । कोरोना भाइरस रोग नियन्त्रणका लागि १ महिना देखि देश लकडाउनमा छ तर स्थानीय सरकारको समन्वयमा केही दिनयता राजधानीबाट बाहिरीने मानिसको संख्या बढिरहेको छ । लकडाउनमा काठमाडौंमा खान,बस्न समस्या भएको गुनासो आएपछि स्थानिय सरकारको यातायातको व्यवस्था गरि सम्वन्धित ठाउँहरुमा पुर्याउने व्यवस्था गरेको छ ।
उनीहरु आफ्नो गाउँ पुगेपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छ तर क्वारेन्टाइन व्यवस्थित हुन सकिरहेको छैन । यसरी भीड गर्दै बाहिरी रहदा संक्रमणको जोखिम निम्त्याउने विज्ञहरु बताउछन् । संक्रमणका लागि लकडाउन गरिएको हो,यसरी भीड बनाउदै बाहिर पठाउदा लकडाउनको कुनै अर्थ नरहने उनीहरुको भनाई छ । हेरौ आज काठमाडौं बाहिरीनेको भीडको यो दृश्य :
तपाईँको अभिमत