कोरोना निको भएकालाई पुनः संक्रमणकाे खतरा उत्तिकै : विश्व स्वास्थ्य संगठन
काठमाडौं,१३ बैशाख । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोग निको भएकाहरुलाई पुनः संक्रमण हुदैन भन्ने प्रमाण नभएको बताएको छ । संगठनका अनुसार निको भएका व्यक्तिहरुमा संक्रमणबाट बचाउने एण्टीबडी शरीरमा भएको कुनै पनि प्रमाण भेटिएको छैन । संगठनले भनेको छ रोग प्रतिरोधात्मक शक्ति विकास गर्नका लागि धेरै वटा चरण र प्रक्रृया हुन्छ र यसका लागि एक भन्दा बढी समय लाग्न सक्छ यो प्रक्रियामा रगतमा रहेको एण्टीबडीको जाँच गरेपछि थाहा हुन्छ,कोरोनाको बिरामीको एण्टीबडी भए / नभएको जाँच र अध्ययन जारी छ ।
धेरैजसो अध्ययनहरुले यो बताएका छन् की जो व्यक्ति कोरोना भाइरस रोगबाट ठिक भएको छ उसको शरीरमा कोरोना भाइरस विरुद्धको एण्टीबडी उत्पन्न भएको तर यो एण्टीबडीको मात्रा रगतमा एकदमै कम रहेको पाइएकोले विश्व स्वास्थ्य संगठनले बिरामी निको भएपछि फेरि संक्रमण हुदैन भन्ने कुनै आधार नरहेको बताएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत