१२ जना कोरोना संक्रमित निको भए,३७ को अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय
काठमाडौं,१३ बैशाख । नेपालमा हालसम्म १२ जना कोरोना संक्रमित निको हुनुभएको छ । बाग्लुङकी युवति पनि डिस्चार्ज भई घर जानुभएको छ भने भरतपुरका युवाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई पनि डिस्चार्ज गर्ने तयारी भएको छ । विराटनगरमा ३०,वीरगञ्जमा ५,धनगढीमा १ र भरतपुरमा १ गरि ३७ जना सामान्य अवस्थामा उपचाररत हुनुन्छ ।
स्वास्थ्य तथा मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले हालसम्म ९ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिनुभयो । यस्तै आरडीटिबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण भएको छ । आज क्वारेन्टाइनमा १४ हजार ७ सय ३१ जना बसिरहनुभएको छ । ३ जना काठमाडौं र ८४ जना बाहिर गरि ८७ जना व्यक्ति आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत