बंगलादेशमा सयौं डाक्टरलाई कोरोना संक्रमण,पीपीईको अभाव
अ +
अ -
काठमाडौं,१२ बैशाख । बंगलादेशमा कोरोनाको संक्रमण बढ्दै जादा अग्र पंक्तिमा रहेका डाक्टरहरु पनि संक्रमणको जोखिममा परेका छन् । बंगलादेशको डक्टर्स फाउण्डेशनका अनुसार हालसम्म २ सय ५१ डाक्टरलाई संक्रमणको पुष्टि भएको छ ।
जसमध्ये राजधानी ढाकामा २ सय डाक्टरलाई संक्रमण देखिएको छ । हालसम्म ३ हजार ७ सय ७२ जनामा संक्रमणको पुष्टि भएको छ भने १ सय २० जनाको मृत्यु भएको छ । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को अभावका कारण डाक्टरहरु संक्रमणको जोखिममा रहेको फाउण्डेशनको भनाई छ । ब्राक यूनिभर्सिटीका अनुसार कोरोनाको उपचारमा संलग्न २५ प्रतिशत डाक्टर तथा नर्स र ६० प्रतिशत स्वास्थ्य सहयोगीहरुले अझै पीपीई पाउन सकेका छैनन् ।
हेल्थपाटी
तपाईँको अभिमत