नेपालमा १३ हजार जना क्वारेन्टाइनमा, स्वास्थ्य मन्त्रालयद्वारा ट्रेसिङ टिम गठन
काठमाडौं, १२ बैशाख । कोरोना भाइरस रोग संक्रमण रोकथामलाई व्यवस्थित बनाउन ट्रेसिङका लागि खटिन टिम निर्माण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्या अधिकृत,प्रयोगशालाका कर्मचारी र पारामेडिक्स÷नर्स गरि ३ जनाको टिम बनाएको हो । गाउँपालिकामा एक,नगरपालिकामा दुई,उप–महानगरपालिकामा तीन र महानगरपालिकामा पाँच वटा टिम परिचालन गरिने प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँले ट्रेसिङ बढिरहेकाले आज १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेको र काठमाडौंमा ३ र बाहिर ८६ गरि ८९ जना आइसोलेसनमा रहेको बताउनुभयो । प्रवक्ता देवकोटाका अनुसार हालसम्म पीसीआरबाट ९ हजार ४ सय ७ र आरडीटीबाट ३८ हजार ८९ जनाको परीक्षण भएको छ । हालसम्म ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १० जना निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत