भोजपुरका कोरोना संक्रमितलाई विराटनगर ल्याइदै : स्वास्थ्य मन्त्रालय
काठमाडौं,१२ बैशाख । भोजपुरका २६ वर्षका कोरोना संक्रमितलाई उपचारका लागि विराटनगर ल्याइदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले हिजो कोरोनाको पुष्टि भएका युवा अहिले भोजपुर हतुवागढीमा चिकित्सकको निगरानीमा रहेको र थप उपचारका लागि विराटनगर ल्याइदै गरेको जानकारी दिनुभयो ।
उहाँले फागुन ३० गते साउदी अरबबाट हिमालयन एयरबाट ती युवा नेपाल आउनुभएको बताउनुभयो । संक्रमित युवा काठमाडौंबाट उदयपुर जानुभएको र त्यहाँ केही समय बसेको तथा उदयपुरबाट भोजपुर जानुभएको जानकारी मन्त्रालयलाई प्राप्त भएको प्रवक्ता देवकोटाले बताउनुभयो । उदयपुरमा रहदा उहाँको सम्पर्कमा रहेका सबैको नमुना संकलन भइसकेको बताउनुभयो । भोजपुरमा आरडीटीबाट परीक्षण गर्दा युवालाई पोजेटिभ देखिएपछि थप पीसीआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
हालसम्म नेपालमा ४८ जनामा संक्रमण देखिएको छ भने १० जना निको भएर घर जानुभइसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत