बेलायतमा कोरोना विरुद्धको खोप दुई व्यक्तिमा परीक्षण
काठमाडौं,१२ बैशाख । बेलायतमा कोरोना भाइरस रोग विरुद्धको खोप मानिसमा परीक्षण सुरु गरिएको छ ।अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले ३ महिना लगाएर विकास गर्नुभएका खोपको प्रयोग दुई जना व्यक्तिमा गरिएको छ । खोपको प्रभावकारिता पत्ता लगाउन गरिएको यस परीक्षणमा ८ सय व्यक्तिलाई सहभागि गराउने लक्ष्य राखिएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जसमा आधालाई कोरोना र आधा मेनेन्जिाटिस विरुद्धको खोप लगाइनेछ । तर खोपमा सहभागि गराइएकाहरुलाई भने कुन खोप दिइरहेको जानकारी दिइनेछैन ।
खोपले शरीरको रोग प्रतिरोधात्मक प्रणालिको विकास गरि एन्टीबडी उत्पादन गरि भाइरसलाई मार्ने विश्वास लिइएको छ । यसअघि अमेरिकामा पनि खोपको मानव परीक्षण भएको थियो । केही समय अगाडि विश्व स्वास्थ्य संगठनले ७० भन्दा बढी खोपको विकास भएको जानकारी गराएको थियो । खोप विना कोरोना संक्रमण नियन्त्रण हुन नसक्ने संगठनले बताइसकेको छ ।
बेलायतमा कोरोना संक्रमणका कारण बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भएको छ भने १ लाख ३८ हजार बढीमा संक्रमणको पुष्टि भइसकेको छ । विश्वमा मृत्यु हुनेको संख्या १ लाख ८३ हजार पुगेको छ भने २६ लाख मानिसमा संक्रमण देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत