आफन्त लिन नआएपछि कोरोना निको भएका युवा धमलाको जिम्मामा
आज मात्रै ४ जना डिस्चार्ज,निको हुने संख्या १०
काठमाडौं,११ बैशाख । नेपालमा हालसम्म १० जना कोरोना संक्रमित निको भएर घर फर्कनुभएको छ । पाटन अस्पतालमा उपचाररत पेप्सिकोलास्थित सनसीटि अपार्टमेन्टका दुई र सरुवा रोग अस्पतालबाट धादिङका एक जना डिस्चार्ज हुनुभएको हो । यस्तै सेती प्रादेशिक अस्पतलबाट सुदुरपश्चिमकी ६५ वर्षकी बृद्दा डिस्चार्ज हुनुभएको छ ।
धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला कोरोनाबाट निको हुनुभएका युवालाई आफै लिन आउनुभएको छ । वृद्द वुवा आमालाई लकडाउनमा छोरो लिन आउन अप्ठेरो भयो,अरु आफन्त सम्पर्कमा आउनुभएन त्यसैले म मेरै गाउँको भाइलाई लिन आफ्नै गाडी लिएर आएँ अध्यक्ष धमलाले भन्नुभयो ।
धादिङका ३२ वर्षका युवालाई हिजो नै डिस्चार्ज गर्ने तयारी गरिएपनि आफन्त लिन नआएपछि अध्यक्ष धमला आज युवालाई लिन अस्पताल आउनुभएको थियो । धादिङका युवक चैत ६ गते दुबईबाट नेपाल आउनुभएको थियो भने सनसीटि अपार्टमेन्टका आमा छोरा चैत ८ गते बेलायतबाट आउनुभएको थियो । दुई आमा छोरालाई बैशाख १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । वीरगञ्जमा चिया पसल गर्दै आउनुभएकी बृद्दालाई कैलालीमा चैत २२ गते कोरोना पुष्टि भएको थियो ।
अग्र पंक्तिमा रही कोरोनाको उपचारमा खटिनुभएका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले कोरोनाबाट निको हुनेको संख्या बढिरहेको बताउदै कोरोनाबाट नआत्तिन सबैलाई आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत