थप दुईमा कोरोना, संक्रमितको संख्या ४७ पुग्यो : स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं, ११ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप संक्रमणको पुष्टि गर्नुभएको हो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जना र जनकपुरका १४ वर्षका एक व्यक्तिमा संक्रमण देखिएको बताउनुभयो ।
हालसम्म नेपालमा ९ जना निको भएर घर गइसक्नुभएको छ । निको भएर घर जानेको संख्या ९ पुगेको छ । आज पेप्सिकोलास्थित सनसिटी अपार्टमेटका दुई जना निको भएर घर जानुभएको हो । उहाँहरु पाटन अस्पतालमा उपचाररत हुनुन्थ्यो ।
हेल्थपाटी 
तपाईँको अभिमत