फिल्डमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
काठमाडौं,१० बैशाख । कोरोना भाइरस रोग संक्रमणको जोखिम बढिरहेका बेला फिल्ड रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री मास्क,पञ्जा र सेनिटाइजर वितरण गरिएको छ । विभिन्न संस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य पत्रकार मञ्च नेपालले आज एक अनौपचारिक कार्यक्रम गरी वितरण गरेको हो ।
मञ्चलाई नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यबाट एनएस ९५ मास्क, लोमस फर्मास्यूटिकल्सबाट सेनिटाइजर र हेल्पिङ ह्याण्ड फार्मेसीबाट पञ्जा तथा सर्जिकल मास्क प्राप्त भएको थियो । कार्यक्रममा मञ्चका अध्यक्ष कल्पना आचार्यले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा हिड्ने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताउनुभयो ।
उहाँले स्वास्थ्य पत्रकारहरुलाई सचेत र सावधानीका साथ आफ्नो दायित्व निर्भाह गर्न आग्रह गर्नुभयो । मञ्चका महासचिव रामप्रसाद न्यौपानेले स्वास्थ्य सामग्री उपलव्ध गराउने निजी क्षेत्रलाई धन्यवाद दिदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सामग्री नपाएका पत्रकारहरुलाई सम्पर्क गरेर सामग्री उपलव्ध गराउने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत