धरानमा पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना पोजेटिभ : स्वास्थ्य मन्त्रालय
संक्रमितको संख्या ४५
काठमाडौं,१० बैशाख । नेपालमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । २४,६० र ७२ वर्षका पुरुषमा पोजेटिभ देखिएको हो । तीनै जना उदयपुर भुल्केका रहेका हुन् । यो संगै उदयपुरमा मात्रै संक्रमणको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले धरानमा पीसीआर परीक्षण गराइएको मध्येमा तीन जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ ।
उदयपुरमा २४ जनालाई संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ गरि संकलन गरिएका नमुना धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । हालसम्म संक्रमण देखिएका सबै उदयपुर भुल्केस्थित मस्जिद वरपरका छन् जहाँ बैशाख ५ गते १२ जनालाई संक्रमण पुष्टि भएको थियो ।
ब्रिफिङमा प्रवक्ता डा.देवकोटाले हालसम्म पीसीआर मार्फत ९ हजार ११ वटा नमुना संकलन भएको र र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) बाट ३१ हजार ४ सय २० जनाको परीक्षण भएको छ ।
काठमाडौंमा ३ र बाहिर ९२ गरि ९५ जना आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।
जनस्वास्थ्य विज्ञ एवं ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व प्रमुख डा.बाबुराम मरासिनीले फरक फरक परिवारका सदस्यहरुलाई संक्रमण देखिनुले समुदायस्तरमा गएको भन्न सकिने बताउनुभयो । संक्रमणको यो अवस्थासम्म आइपुग्दा संक्रमितको यात्रा इतिहास र संक्रमित व्यक्तिको सम्पर्क इतिहास चाहिदैन । यसको मतलव संक्रमण एक व्यक्तिबाट अर्काे ,परिवारबाट परिवार हुँदै समुदायसम्म पुगिसकेको हुन्छ । ट्रेसिङ गर्न कठिन हुन्छ ।
मरासिनीका अनुसार अब नेपाल पनि दक्षिण कोरियाको मोडलतर्फ उन्मुख हुनुपर्छ । जुन स्थानमा संक्रमण देखिन्छ त्यस क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै शंकास्पदलाई परीक्षण गरि आइसोलेसनमा राख्नुपर्छ ।
१.पहिलो चरण (आयातित संक्रमण)
जब प्रभावित देशमा गरिएको यात्रा ईतिहासबाट व्यक्तिमा संक्रमण भएको भेटिन्छ भने त्यो संक्रमणको पहिलो चरणको अवस्था हो । यसलाई आयातित संक्रमण पनि भनिन्छ । नेपालमा हालसम्मका आठ वटा संक्रमणको केस आयातित हो ।
२.दोस्रो चरण (स्थानिय संक्रमण)
जब प्रभावित देशमा गरिएको यात्रा ईतिहासबाट संक्रमण भएको व्यक्तिबाट अर्काे व्यक्तिमा संक्रमण हुन्छ भने त्यसलाई लोकल ट्रान्समिशन अथवा संक्रमणको दोस्रो अवस्था मानिन्छ । अहिले नेपाल दोस्रो चरणमा छ । संक्रमित मध्ये एक जना महिलामा संक्रमित व्यक्तिबाट नै संक्रमण भएको छ । परिवारको सदस्यबाट परिवारमा नै सरेको नेपालमा यो पहिलो हो । चौथो संक्रमितबाट परिवारमा सरेको थियो । यसबाट समुदायसम्म संक्रमण पुग्ने खतरा उच्च रहन्छ ।
३.तेस्रो चरण ( समुदायमा संक्रमण)
संक्रमणको यो अवस्थासम्म आइपुग्दा संक्रमितको यात्रा इतिहास र संक्रमित व्यक्तिको सम्पर्क इतिहास चाहिदैन । यसको मतलव संक्रमण एक व्यक्तिबाट अर्काे ,परिवारबाट परिवार हुँदै समुदायसम्म पुगिसकेको हुन्छ । ट्रेसिङ गर्न कठिन हुन्छ ।
४. चौथो चरण (महामारी)
जब रोगले महामारीको रुप लिन्छ संक्रमण नियन्त्रण बाहिर हुन्छ । महामारीको अन्त्य कहिले हुन्छ त्यसको टुंगो हुँदैन । अवस्था विकराल हुन्छ । विश्व स्वास्थ्य संगठनले मार्च ११ अर्थात् फागुन २८ गते विश्वमा कोरोना भाइरस रोगलाई महामारीको घोषणा गरेको थियो । कुनै पनि देशले संक्रमण उच्च भई नियन्त्रण बाहिर गएमा आफ्नो देशमा पनि महामारीको घोषणा गर्न सक्दछ ।
हेल्थपाटी 
तपाईँको अभिमत