शिशु हेरचाह केन्द्रका ८ बालबालिकामा कोरोना संक्रमण
काठमाडौं,१० बैशाख । जापानको एक शिशु हेरचाह केन्द्रमा रहेका आठ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । केन्द्रका एक कर्मचारीलाई अप्रिल १६ मा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ रहेका २९ बालबालिकाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सैसैकै केन्द्रिय अस्पतालका प्रवक्तालाई उद्रत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
संक्रमण देखिएका सबै बालबालिकामा गम्भिर किसिमको लक्षण नदेखिएको र सबै जना आइसोलेसनमा रहेको अस्पतालका प्रवक्ताले जानकारी दिनुभएको छ । केन्द्रका ४७ जना कर्मचारी मध्ये ७ जनालाई ज्वरो तथा श्वास प्रश्वासमा समस्या देखिएपछि घरमा नै रहन भनिएको छ ।
जापानमा कोरोना संक्रमणका कारण झण्डै ३ सय जनाको मृत्यु भएको छ भने ११ हजार ५ सय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जापानमा सम्बन्ध विच्छेदका कारण अभिभावकबाट टाढा रहेका बालबालिकाहरुलाई विशेष सुविधाका साथ हेरचाह केन्द्रमा राखेर हेरविचार गर्ने गरिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत