तेस्रो संक्रमित धादिङका युवामा कोरोना नेगेटिभ, आजै डिस्चार्ज गरिने
निको हुनेको संख्या ६
काठमाडौं,१० बैशाख । धादिङका ३२ वर्षका उर बहादुर तामाङको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत युवकको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिनुभयो ।
तामाङ चैत ६ गते दुबईबाट नेपाल आउनुभएको थियो । उहाँ निको हुनेमा छैठौ व्यक्ति हुनुन्छ । नेपाल आउनुभएपछि होटलमा बसेको छैठौ दिनमा स्वास्थ्यमा असहज भएपछि सरुवा रोग अस्पताल पुग्नुभएको थियो । परीक्षण गर्दा १२ गते कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको थियो ।
यसअघि ५ जना निको भएर घर गइसक्नुभएको छ । यो संगै टेकु अस्पतालबाट निको हुनेको संख्या तीन पुगेको छ । धनगढीमा दुई र धौलागिरि अञ्चल अस्पतालमा उपचारत एक जना निको भएर घर जानुभइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत