भारतमा र्यापिड टेस्ट बाट कोरोना परीक्षण रोक,६ सय बढीको मृत्यु
काठमाडौं,१० बैशाख । भारतमा कोरोना भाइरस रोगको संक्रमणका कारण ६ सय बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म ६ सय ४० जनाको मृत्यु भएको र १९ हजार ९ सय ८४ मा संक्रमणको पुष्टि भएको छ । ३ हजार ८ सय ६९ जना निको भएर घर फर्किसकेका छन् भने १६ हजार १ सय १५ जना उपचाररत छन् ।
यसैबीच र्यापिड टेस्टबाट फरक फरक नतिजा आएपछि भारतमा दुई दिन आरडीटी टेस्ट नगर्न निर्देशन जारी भएको छ । गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र मेडिकल अनुसन्धान परिषद्(आईसीएमआर)ले संयुक्त पत्रकार सम्मेलन गरि र्यापिड टेस्टबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् । विभिन्न राज्यहरुमा गरिएको टेस्टमा नतिजा फरक फरक आएपछि बन्द गर्न निर्देशन दिएको आइसीएमहारका डाक्टर गंगाखेडकरले जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गंगाखेडकरले र्यापिड टेस्ट अनुसन्धानका लागि विज्ञ टोलि प्रयोग भएका राज्यहरुमा जादै गरेको र अनुसन्धान पछि मात्रै टेस्टका विषयमा निर्णय लिईने बताउनुभयो । उहाँका अनुसार हालसम्म भारतमा ४ लाख ४९ हजार ८ सय १० जनाको र्यापिड टेस्टबाट परीक्षण भएको छ । विश्वमा २५ लाख ६१ हजार मानिसमा संक्रमणको पुष्टि भएको छ भने १ लाख ७७ हजार बढीको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत