केन्द्रीय कारागारमा आरडिटी परिक्षण, दुई नर्सलाई कोरोना पोजेटिभ
टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार हुदै
अ +
अ -
काठमाडौँ, ९ बैशाख । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई कोरोना संक्रमण भएको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।
‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्कियो,हाल उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । नर्सको जनस्वास्थ्य प्रयोगशालामा पिसिआरको परीक्षण भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत