उदयपुरमा थप एकमा कोरोना संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय
काठमाडौं,९ बैशाख । उदयपुरका थप एक जनामा कोरोना भाइरस रोगको संक्रमण भएको छ । यो संगै उदयपुरमा मात्रै १४ जनामा संक्रमण पुष्टि भएको छ । थप संक्रमण देखिएका व्यक्ति ३३ वर्षका पुरुष रहनुभएको छन् । नेपालमा अधिक संक्रमण भेटिएको स्थान उदयपुर हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको नमुनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । नेपालमा संक्रमण पुष्टि भएको संख्या ३२ पुगेको छ जसमध्ये ४ जना निको भएर घर गइसक्नुभएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ का स्थित भुल्केमा नेपाली सेनाले सोमबार १५२ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याएको थियो ।
त्रियुगा नगरपालिका स्थित एक मस्जिदमा रहेका १३ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको थियो । उहाँहरुलाई कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएको थियो । यसैगरी उदयपुरकै अर्का ८ जनालाई कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि थप निक्र्यौलका लागि वीपी कोइराला स्वास्थ्य प्रतिष्ष्ठानमा लगिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत