नर्भिक अस्पतालमा उपचाररत एक लाई आरडिटीमा कोरोना पोजेटिभ
अ +
अ -
काठमाडौं, ९ वैशाख । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत एकजनालाई कोरोना भाइरस रोग पोजेटिभ देखिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ । आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर परिक्षणका लागि उक्त व्यक्तिको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
नर्भिक हस्पिटलका सञ्चार उपमहाप्रवन्धक आरपी मैनालीले आरडिटीमा कोरोना पोजेटिभ आएपनि पिसिआर परिक्षण पछि मात्र कोरोना भए नभएको पुष्टि हुने बताउनुभयो ।
नर्भिक अस्पतालको आइसोलेसन वार्डको आइसियुमा राखेर आशंकित व्यक्तिको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । आरडिटीमा पोजेटिभ देखिएका व्यक्ति सोमबार अस्पतालको जनरल वार्डमा भर्ना हुनुभएको श्रोतले जनाएको छ ।
तपाईँको अभिमत