कोरोना महामारीमा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोग
अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोनाभाइसरको महामारीको प्रतिकार्यमा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपाल सरकारलाई सहयोग गरिरहेको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै एआइएनले कोरोना (कोभिड(१९) महामारीको संकटविरुद्ध लड्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाईे चालू परियोजनाको २० प्रतिशतसम्म बजेट सम्म खर्च गर्न दिने गरी सरकारले गरेको निर्णयको स्वागत पनि गरेको छ ।
एआइएनका अनुसार थुप्रै गैरसरकारी संस्थाले कोभिड नाइन्टिन सम्वन्धी केही परियोजना कार्यान्वयन गर्न थालिसकेका छन, केही कार्यान्वयनको अन्तिम चरणमा छन् भने केही संस्थाहरु दातृ निकायको अनुमोदन पर्खिरहेका छन् । अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरुले स्वास्थ्य र सरसफाइ, जोखिमसम्वन्धि सञ्चार, सचेतना र स्वास्थ्य सेवाका लागि अग्रपंक्तिमा सामुदायिक स्वास्थ्यकर्मी परिचालन, सहायता र सूचना डेस्क र लकडाउन र प्रतिकार्यसम्वन्धि कार्यक्रम व्यवस्थापन, जीविकोपार्जनका लागि खाद्य सामग्रीसहितको राहत प्याकेजलगायतका क्षेत्रमा काम गरेको विज्ञप्तिमा जनाइएको छ ।
“अहिलेसम्म स्वास्थ्य संस्था, स्थानीय र प्रादेशिक सरकारलाई गरी २ हजार वटा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) सेट प्रदान गरिसकेका छन्, एआइएनमा आवद्ध १५ संस्थाले ४ हजार ५ सय पीपीइ सेटसहित स्वच्छता र मेडिकल सामग्री संयुक्त रुपमा खरिद गर्दैछन् भने २ हजार ३ सय पीपीइ सेट यसै साता वितरण गर्न तयारी अवस्थामा छन् । संयुक्त रुपमा खरिद गर्न लागिएको र वितरण गर्न लागिएको पीपीई सेटको कूल मूल्य ६ करोड ५० लाख नेपाली रुपैया छ ।” विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नेपाली र स्थानीय भाषामा रेकर्ड गरिएका सार्वजनिक सन्देश देशभरका गरी ३ सय वटा सामुदायिक रेडियोबाट प्रसारण भएका भएको र सन्देशहरु ७ प्रदेशका गरी झण्डै १ करोड ६५ लाख व्यक्तिमाझ पुगेको बताइएको छ । त्यसबाहेका खाद्यान्न वितरण पनि उल्लेख्य मात्रामा गरेको एआइएनले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत