कोरोना संक्रमण पत्ता लगाउन एन्टीबडी परीक्षण : विश्व स्वास्थ्य संगठन
काठमाडौं,९ बैशाख । विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले कोरोना संक्रमण पत्ता लगाउन एन्टीबडी परीक्षण महत्वपूर्ण रहेको बताएको छ । जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा महानिर्देशक डा.अधानोम टेड्रोसले एन्टीबडी परीक्षणबाट शरीरमा कोरोना भाइरस सक्रिय रहे नरहेको पत्ता लाग्ने भएकाले एण्टीबडी परीक्षणले संक्रमितको पहिचान र रोगको निदान भई उपचारमा सहयोग पुग्ने बताउनुभयो ।
यसैलाई मध्यनजर गर्दै डब्ल्यूएचओले एन्टीबडी परीक्षण टेस्ट उत्पादनमा बढावा दिन विभिन्न साझेदारी संस्थाहरुसंग काम गरिरहेको उहाँले जानकारी दिनुभयो । संक्रमितको पहिचान र प्रमाणिकरणका लागि पाँच परीक्षणको उत्पादन गर्न दि फाउण्डेशन फर इनोभेटिभ न्यू डायग्नोष्टिक र क्लिन्टन हेल्थ एक्सेस इनिसियटिभ संस्थासंग मिलेर काम अघि बढाइएको छ र आउदो ४ महिनामा ३ करोड टेस्टको अर्डर भइसकेको छ डा. अधानोमले भन्नुभयो ।
यो टेष्टको सुरुवात आगामि हप्ताबाट गरिने बताउदै माग रहेका देशहरुमा पनि पठाउने उहाँले बताउनुभयो । हालैका एक अध्ययनका अनुसार धेरै प्रभावित भएका देशमा समेत थोरै जनसंख्या संक्रमित रहेको पाईयो संक्रमण दर ३ प्रतिशत भन्दा माथि देखिएन टेड्रोसले भन्नुभयो कोरोनाको लडाइँमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।
विश्वमा कोरोना संक्रमणबाट हालसम्म १ लाख ७० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २४ लाख मानिसमा संक्रमणको पुष्टि भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत