उदयपुरका १ सय ५२ जनाको स्वाब काठमाडौं ल्याइयो
काठमाडौं,८ बैशाख । उदयपुरमा १३ जनालाई कोरोनाको संक्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका १ सय ५२ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले स्वाबको परीक्षणका क्रममा रहेको बताउनुभयो । उहाँले हालसम्म पीसीआर मार्फत ८ हजार ४ सय १४ जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो । र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) मार्फत २५ हजार १ सय ४८ जनाको परीक्षण भएको छ ।
प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्वर एकमा २ हजार ३ सय ४९, प्रदेश नम्वर दुईमा ३ हजार २ सय ३८,बाग्मती प्रदेशमा ४ हजार ६ सय ७६ ,गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१,प्रदेश नम्वर पाँचमा २ हजार ३ सय २४,कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ र सुदुर पश्चिममा ५ हजार ५ सय ७८ जनाको आरडीटीबाट परीक्षण भएको छ । अहिले काठमाडांै उपत्यकामा ४ र बाहिर १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म नेपालमा ३१ जनामा कोरोनाको पुष्टि भएको छ जसमध्ये ४ जना निको भएर घर गइसक्नु भएकोछ भने २७ जना विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत हुनुन्छ । प्रवक्ता देवकोटाले क्यान्सर,मिर्गौला,मुटु,प्रसुति लगायतका अतिआवश्यक सेवाहरु नियमित सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिइसकेको भन्दै व्यवस्थित तरिकाले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत