आफुसंग जोडिएर आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण, डा. पुन (विज्ञप्ती सहित)
काठमाडौं,७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनका सम्बन्धमा तथ्य नबुझी समाचार लेखिएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सहसचिव रघुराम विष्टले कोभिड नाइन्टिन विरुद्ध सरकारद्वारा सञ्चालित अभियानमा सहयोग पुर्याउने सम्बन्धमा मन्त्रालयमा उपस्थित हुन भनिएकोमा सञ्चारमाध्यमहरुले अनर्गल प्रचार गरेको भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले महामारीका समयमा एक भई लाग्न आग्रह गर्नुभयो ।
यस्तै डा. पुनले पनि आफुसंग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारहरुप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
डा.पुनले विज्ञप्ती निकालेर आफु कार्यरत अस्पतालबाट आज प्राप्त भएको पत्र अनुसार आफु आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भइसकेकाले यस सम्बन्धमा मन्त्री तथा मन्त्रालयसंग जोडेर अनर्गल प्रचार नगरी महामारी विरुद्धको अभियानमा एकतावद्ध भई लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ ,अस्पतालको काममा बाधा नपुग्ने गरि कोभिड नाइन्टिन विरुद्ध मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि उपस्थित हुने भनिएकोमा म आजकै मितिमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसंग सम्पर्क गरिसकेको छु । मन्त्रालयले उपस्थिति हुन बोलाउनुलाई सामान्य प्रक्रिया ठानेको र आफ्नो नियमित काममा क्रियाशिल भइरहेको छु । हेनुहोस् मन्त्रालय र डा.पुनको विज्ञप्ती :

हेल्थपाटी
तपाईँको अभिमत