यूरोपमा मात्रै कोरोना संक्रमणबाट १ लाख बढीको मृत्यु,कहाँ- कति ?
इटाली र स्पेन अति प्रभावित
काठमाडौं,७ बैशाख । कोरोना भाइरस रोगको संक्रमणका कारण यूरोपमा मात्रै १ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वभर १ लाख ५९ हजार भन्दा बढीको मृत्यु हुँदा यूरोपको हिस्सा १ लाख ५ सय १० रहेको छ ।
जोन हप्किन्स यूनिभर्सिटीका अनुसार हालसम्म विश्वमा २३ लाख मानिस संक्रमित भइसकेका छन् ।
स्पेन र इटाली संक्रमणबाट अतिप्रभावित भएका छन् । स्पेनमा २३ हजार २ सय २७ र इटालीमा २० हजार ४३ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ हजार ३ सय २३ पुगेको छ भने बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ ।
विश्वको सबैभन्दा धेरै संक्रमण देखिएको अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार १५ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ३८ हजार ९ सय २३ पुगेको छ ।
यस्तै मध्यपूर्वमा टर्कीमा सबैभन्दा धेरै मानिसलाई संक्रमण देखिएको छ । छिमेकी देश इरानलाई समेत पछि पार्दै टर्कीमा संक्रमणको संख्या ८२ हजार ३ सय २९ पुगेको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टर्कीमा १ हजार ८ सय ९० जनाको मृत्यु भइसकेको छ । इरानमा संक्रमितको संख्या ८० हजार ८ सय ६८ रहेको छ भने मृत्यु हुनेको संख्या ५ हजार ३१ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत