हेल्थपाटी समाचार प्रभाव : जनता कुट्ने प्रहरीलाई कारबाही
घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु
काठमाडौं,७ बैशाख । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले लकडाउनका समयमा संयमित भई सुरक्षामा खटिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार औषधि किनेर फर्किएका बिरामीलाई प्रहरीको निर्मम लाठी प्रहार (भिडियो सहित) शीर्षकको समाचार हेल्थपाटीले प्रसारण गरेपछि मुलधारका धेरैजसो सञ्चार माध्यमहरुले पनि त्यो समाचारलाई प्राथमिकताका साथ समाचार प्रकाशन गरे । सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भयो ।
प्रहरीबाट भएको यो घटनाको चौतर्फी आलोचना भएपछि प्रहरी महानिरीक्षक ज्ञवालीले सर्वसाधारण माथि दुर्व्यवहार र कुटपिटको घटना दोहोरिन नदिन उच्च अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । महानिरीक्षक ज्ञवालीले २ दिन लगाएर लकडाउनको समयमा प्रहरीले पालना गर्नुपर्ने सम्बन्धमा २० बुँदे नियम आन्तरिक रुपमा जारी भएको छ । जसअनुसार प्रहरीहरुलाई ड्युटीमा खटाइनु अगााडि उच्च अधिकारीहरुले अनिवार्य परामर्श दिनुपर्नेछ । कुटपिट,दुव्यर्वहार लगायत संगठनको छविमा आँच आउने किसिमका क्रियाकलापमा सहभागि प्रहरीलाई विभागिय कारबाही हुनेछ ।
महानगरीय प्रहरी प्रभाग कालिमाटी प्रमुख रुगम कुँवरका अनुसार प्रहरीले अत्यावश्यक सेवा अन्तर्गत पर्ने तथा आवतजावत गर्न पाउने अवस्थाका विषयमा जनतालाई अनिवार्य जानकारी गराउनुपर्नेछ । खटाएको ड्यूटीहरुको नियमित अनुगमन गर्ने,प्रहरी कर्मचारीको बर्दि लगाई आफ्नो परिवार तथा आफन्तलाई लिई गरिने यात्रामा रोक लगाउने निर्देशन भएको छ ।
यसैगरी सर्वसाधरण कुटपिटको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान सुरु गरेको छ । आयोगकी सदस्य मोहना अन्सारीले आफुहरुलाई प्रहरीबाट भएको कुटपिटको ६ वटा भिडियो प्राप्त भएको बताउदै अनुसन्धान भइरहेको बताउनुभएको छ ।
हेल्थपाटी डटकम महामारी नियन्त्रणमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, अत्यावश्यक सेवामा खटिनुभएका नागरिकहरुको उच्च प्रशंशा गर्दछ । प्रहरी महानिरीक्षक ज्ञवालीले दिनुभएको २० बुदे निर्देशन मध्ये आम जनतासंग प्रत्यक्ष सम्वन्ध राख्ने ९ निर्देशनहरु यस्ता छन् ।
तपाईँको अभिमत