बाग्लुङकी ६५ वर्षकी कोरोना संक्रमित बृद्दा पनि डिस्चार्ज
अ +
अ -
काठमाडौं,६ बैशाख । एकै दिन दुई कोरोना संक्रमित निको भएर घर फर्कनु भएको छ । काठमाडौंमा उपचाररत प्रसिद्दी श्रेष्ठ र धौलागिरि अञ्चल अस्पतालमा उपचाररत बाग्लुङकी ६५ वर्षकी वृद्दा कोरोना लक्षण विहिन अवस्थामा डिस्चार्ज हुनुभएको छ । प्रसिद्दीको अन्तिम दुई पटकको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो भने ६५ वर्षकी बृद्दाको पहिलो दुबै पटकको स्वाब परीक्षणमा पोजेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
६५ वर्षकी बृद्दा तीन हप्ता देखि अस्पतालमा उपचाररत हुनुन्थ्यो । आज डिस्चार्ज हुनुभएका दुबै जना एकै दिन एउटै विमानमा नेपाल आउनुभएको थियो । उहाँहरु चैत ४ गते नेपाल आउनुभएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत