कोरोना विरुद्धको लडाँईकाे तयारीमा चिकित्सकहरु
आफै पीपीई उत्पादन गर्दै
काठमाडौं, ६ बैशाख । वातावरण तथा जनसरोकार केन्द्रले देशभरका विभिन्न अस्पतालमा ७ सय ५० थान पीपीई सहयोग गरेको छ । केन्द्रले उपत्यकामा ३ सय र उपत्यका बाहिर ४ सय ५० थान वितरण गरेको छ ।
कोरोना भाइरस रोगको उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभाव भइरहेका बेला चिकित्सक तथा जनस्वास्थ्य विद्यार्थी सम्मिलित केन्द्र आफैले पीपीई उत्पादन गरि उपत्यका र उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पीपीई सहयोग गर्दै आएको छ ।
२०५० सालमा स्थापित यस केन्द्रले आवश्यकता अनुसार पीपीई उत्पादन गर्ने संयोजक डा.रोजन अधिकारीले जानकारी दिनुभयो । उहाँले अहिलेको कठिन समयमा कोराना विरुद्धको लडाँईमा उच्च आत्मबलका साथ आफुहरु अघि बढ्ने बताउनुभयो । सह संयोजक डा.हरि बरालले छोटो समयमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मिल्दोजुल्दो रहेको पीपीई गुणस्तरयुक्त र निर्मलीकरण गरि पुनःप्रयोग गर्न मिल्ने र पानी नछिर्ने खालको रहेको बताउनुभयो ।
पीपीई उत्पादनमा कच्चा पदार्थ लगायतका अन्य सहयोग गर्दै आएका बाबा इम्पोर्टका प्रमुख पशुपति लाथ र मनकामना गार्मेन्ट्सको गोफि ब्राण्डका निर्देशक सुमित प्रधानले पीपीई उत्पादन गरि महामारीको अभियानमा सरिक हुन पाउदा आफूहरु निकै उत्साहित र खुशी भएको बताउनुभयो ।
हाल नेपालमा ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने दुई जना निको भएर घर गइसक्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत