मासुको व्यापारमा रोक लगाउ : विश्व स्वास्थ्य संगठन
काठमाडौं,६ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भाइरसजन्य रोगबाट बच्न बन्यजन्तुको मासुको व्यापारमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ । जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा महानिर्देशक अधानोम टेड्रोसले करिव ७० प्रतिशत भारइस जनावरबाट उत्पति हुने भएकाले रोगको संक्रमण नियन्त्रण गर्न सबै देशहरुले वन्यजन्तुको मासुको प्रयोगमा रोक लगाउन पर्ने बताउनुभएको हो ।
उहाँले बजारहरुको सुरक्षित सञ्चालन र मार्ग दर्शनका लागि विश्व स्वास्थ्य संगठनले जनावर स्वास्थ्य विश्व संगठन र संयुक्त राष्ट्रसंघसंग सहकार्य गरि काम गरिरहेको बताउनुभयो । उहाँले जनावरबाट मानिसमा सर्न सक्ने रोग र यसको संक्रमणलाई रोक्ने सम्बन्धमा यी संस्थाहरुसंग मिलेर काम गरिररहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,कडा खाद्य सुरक्षा र स्वच्छता मापदण्ड अनुरुप मात्रै मासुजन्य बजारलाई पुनःखोल्न अनुमति दिन सकिन्छ । महानिर्देशक डा. टेड्रोसले २० लाख बढीलाई संक्रमणको पुष्टि र १ लाख ३५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको जानकारी दिनुभयो । चीनमा गत डिसेम्वरको अन्त्यमा माछा पसलबाट कोरोना संक्रमण देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत