दैनिक ३० जना भारतबाट सिधै तरकारी बजारमा, कोरोनाको उच्च जोखिम
ट्रकलाई किन राखियो क्वारेनटाइनमा

अत्यावसश्यक तरकारी मात्र उपभोग गरौं बरु केही समय नेपालमा जे तरकारी पाइन्छ त्यही खाऔं तर कोरोना बाट बच्न भारतबाट सिधै गाडी नभित्र्याउँ ।
काठमाडौ,५ वैशाख । आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । त्यसमा आधा भारतबाट नै आएका मानिस रहेकाछन् । त्यसमध्ये ११ जना भारतका नागरिक रहेकाछन् । भारतीय सवारी साधनबाट फलफुल तथा तरकारी ढुवानी गर्दा कोरोना भाइरस रोगको खतरा बढेपछि गत चैत २४ गते काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको उपस्थितिमा बसेको कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीहरुको बैठकले भारतमा कोरोनाको महामारी बढेको भन्दै तत्कालाई भारतबाट फलफुल तथा तरकारी आयात नगर्ने निर्णय गरेको थियो ।
तर काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको उपस्थितिमा बसेको बैठकले गरेको निर्णयलाई वेवास्ता गर्दै अहिले भारतबाट ट्रककाटक फलफुल आयात भइरहेको छ । यतिखेर कुलेश्वरस्थित तरकारी तथा थोक फलफूल बजारमा भारतकोे महाराष्ट र तामिल लाडु प्रदेशबाट आएका फलफुलका टकलाई क्वारेनटाइनमा राखिएको छ । हाल भारतबाट कालिमाटीमा मात्र दैनिक १० टक तरकारी तथा फलफुल भारतीय सवारीसाधन मार्फत भित्रिरहेको छ ।
दैनिक ३५ ट्रक भित्रने गरेकोमा सिमानाकादेखि नेपाली ट्रकको प्रयोग गरी काठमाडौं भित्र्याउने गरिएको छ । तर शुक्रबार बिहान दुई ट्रक फलफुल भारतको महाराष्ट्रदेखि सिधै कुलेश्वरमा ल्याइएको छ । भारतको महाराष्ट्र अहिले कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित राज्य हो । व्यवसायीहरुले दुवै ट्रकलाई क्वारेनटाइनमा राखेकाछन् ।
ट्रकलाई किन राखियो त क्वारेनटाइनमा
नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले व्यवसायीले कहिल्यै पनि आपूर्तिलाई असहज बनाउन नचाहेको भन्दै भारतमा कोरोनाले महामारीको रुप लिएको अवस्थामा सिधै भारतीय ट्रक र नागरिक नेपाल भित्रदा कोरोनाको उच्च जोखिम रहेकाले सिमानाकादेखि नेपाली ट्रकमा ढुवानी गर्ने निर्णय यसअघि नै गरेको जानकारी दिनुभयो ।
उहाँले दैनिक २५ भारतीय सवारी भित्रदा कम्तिमा एकसय जना भारतीय नागरिक भित्रने र फलफुलसंगै कोरोना पनि भित्रने डर रहेकाले कोरोनाको त्रास रहुन्जेल नेपाली सवारी साधनबाटै ढुवानी गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै कालिमाटी तरकारी बजारमा दैनिक १० गाडी तरकारी सिधै भारतीय ट्रकमार्फत भित्रिरहेको छ । एउटा ट्रकमा ३ जना आउँदा पनि ३० जना भारतीय नागरिकहरु सिधै तरकारी बजार प्रवेश गरीरहेकाछन् । नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत प्रसाद खतिवडा भन्नुहुन्छ,अत्यावसश्यक तरकारी मात्र उपभोग गरौं बरु केही समय नेपालमा जे तरकारी पाइन्छ त्यही खाऔं तर कोरोना बाट बच्न भारतबाट सिधै गाडी नभित्र्याउँ ।
उहाँले अत्यावश्यक तरकारी ढुवानी गर्न सिमानाकादेखि नेपाली सवारी साधनको प्रयोग गर्दा कोरोनाको जोखिम न्युन रहने बताउनुभयो । हामीले भारतीय सवारी साधन सिधै प्रवेश गर्न नदिने निर्णय गरेका थियौं तर उक्त निर्णय कार्यान्वयन हुन नसक्दा तरकारी बजार कोरोनाको उच्च जोखिममा रहेको छ ।
तपाईँको अभिमत