एकैदिन १४ लाई कोरोना पुष्टि,संक्रमित ३० पुगे: स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं,५ बैशाख । आज देशका दुई स्थानमा गरि १४ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार उदयपुरमा १२ र चितवनमा २ गरि १४ जनालाई संक्रमणको पुष्टि भएको छ । उदयपुरमा देखिएका संक्रमित सबै पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार संक्रमितहरुको उमेर ३४,२९,२६,२८,२८,२८,२८,२२,२५,२०,४० र २९ वर्षका छन् ।यस्तै चितवनमा ६३ र २७ वर्षका पुरुषलाई कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा एकै दिन यति धेरै संख्यामा संक्रमण देखिएको पहिलो हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत