सुदूरपश्चिम पुग्यो चिकित्सकको जम्बो टोली (नाम सहित)
काठमाडौं,५ वैशाख । कोरोना भाइरस रोगको उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा अध्ययनरत ३४ जना डाक्टर सुदूरपश्चिम प्रदेशमा पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमान चार्टड गरि ३४ जना डाक्टर सुदूरपश्चिम प्रदेश पठाएको हो । मन्त्रालयका सहसचिव रघु विष्टले सुदूरपश्चिम प्रदेशले चिकित्सकहरु माग गरेकोले एक महिनाका लागि न्याम्स अन्र्तरगतका चिकित्सकहरु पठाएको बताउनुभयो ।
विषम परिस्थितिमा डाक्टरहरुले देखाउनुभएको उत्साहको प्रशंसा गर्दै सहसचिव विष्टले सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन सुरु भएको बताउनुभयो । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार सुदूरपश्चिम जानेहरुमा विभिन्न विषयमा अध्ययन गर्ने दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु छन् । दोस्रो वर्षका एनेस्थिेसिया, इन्टरनल मेडिसिन र पेडिट्रीसियनहरु रहेको बताउँदै सेन्चुरीले डाक्टरहरुलाई एक महिनाका लागि खटाइएको बताउनुभयो ।
तपाईँको अभिमत