अरबका करोडौं मानिसको घरमा हात धुन पानी छैन, कोरोना संक्रमणको उच्च जोखिममा
काठमाडौं, ५ बैशाख । कोरोना भाइरस रोगको संक्रमणबाट जोगिन साबुन पानीले हात धुन सुझाइरहेका बेला अरब क्षेत्रका करोडौं मानिसले साबुन पानीबाट हात धुन पाएका छैनन् । अरबका ७ करोड ४० लाख मानिसको घरमा पानी छैन । संयुक्त राष्ट्रसंघले अरबमा साबुन पानीले हात धुने सुविधाबाट करौडौं मानिस वञ्चित रहेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरु संक्रमणको उच्च जोखिममा रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघको पश्चिमी एसियाको लागि संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक आयोगले विश्वले संक्रमणबाट बच्न साबुनपानीले हात धुनु सर्बाेत्तम उपाय भनिरहेको बेला अरबका करोडौं मानिस पानीको अभावमा साबुन पानीले हात धुन नपाएको जनाएको छ । राष्ट्रसंघका अनुसार सुडानका ३ करोड १ं० लाख, युद्धग्रस्त यमनमा १ करोड ४० लाख र इजिप्टमा ९० लाख ९० हजार मानिसले साबुन पानीले हात धुन पाएका छैनन् ।
हेल्थपाटी
तपाईँको अभिमत