आरडीटीमा पोजेटिभ देखिएको रिपोर्ट पीसीआरमा किन नेगेटिभ आइरहेको छ ?
काठमाडौं,४ बैशाख । धेरै भन्दा धरैलाई कोरोना परीक्षणको दायरामा ल्याउन सरकारले दुई परीक्षण विधि अवलम्बन गरिरहेको छ । र्यापिड डायग्नोष्टिक टेस्ट र रियल टाइम (आरटी) पीसीआर मार्फत देशैभर परीक्षण भइरहेको छ ।
पीसीआर विधि भनेको शरीरमा भाइरस भए नभएको पत्ता लगाउने विधि हो जसमा र्यालको परीक्षण गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार यसको नतिजा आउन ४८ देखि ७२ घण्टा लाग्छ भने गम्भीर केसको ६ घण्टामा नै नतिजा निकाल्न पनि सकिन्छ भने आरडीटीमा कोरोना विरुद्धको एण्टीवडी परीक्षण गरिन्छ जुन द्रुत विधी हो जसमा रगतको परीक्षण गरिन्छ । नेपालमा हालसम्म पीसीआर बाट ७ हजार २ सय र र्यापिड डायग्नोष्टिक टेस्टबाट १२ हजार ४ सय ३२ जनाको परीक्षण भएको छ ।
आरडीटी मार्फत गरिएका परीक्षणमा पोजेटिभ देखिने क्रम बढिरहेकाे छ तर यसलाई फेरि पीसीआर मार्फत परीक्षण गर्दा नेगेटिभ रिपोर्ट पनि आएको छ । जसले आम जनमास अन्यौलमा परिरहेका छन् । चिकित्सकहरुले आरडीटिमा पोजेटिभ देखिएमा नआत्तिन आग्रह गरिरहेका छन् । के फरक छ आरडीटी र पीसीआर परीक्षण :


हेल्थपाटी
तपाईँको अभिमत