लकडाउनमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था
काठमाडौं, ४ बैशाख । सरकारले लकडाउनको समयमा काठमाडाै उपत्यकामा बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गरेको छ । सरकारले नेपाल रेडक्रस सोसाइटी र १०० शैया भन्दा बढी क्षमता रहेका अस्पतालसँगको सहकार्यमा एम्बुलेन्सको व्यवस्था गरेको हो ।
एम्बुलेन्स सेवाका लागि १०२ मा फोन गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । अस्पतालसम्म पुग्न सवारी साधनको व्यवस्था नहुँदा सेवाग्राहीहरु मारमा परिरहेका थिए भने केहीको समयमा नै अस्पतालसम्म पुग्न नपाउँदा बाटैमा मृत्यु भएको थियो ।
नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.देवकोटाले पछिल्लो २४ घण्टामा थप ३ सय ६९ वटा नमुना परीक्षण भएको र यो सँगै हालसम्म पीसीआर बाट ७ हजार २ सय ४० जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो ।
उहाँले र्यापिड डायग्नोष्टिक टेस्टबाट २४ घण्टामा थप ३ हजार २ सय ६३ सहित हालसम्म १२ हजार ४ सय ३२ जनाको परीक्षण भएको बताउनुभयो । देशका विभिन्न स्थानमा आरडीटीबाट हिजो गरिएको परीक्षणमा पाेजेटिभ देखिएका सबैको पीसीआरबाट पुन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत