ट्रम्पको निर्णयले विश्व स्वास्थ्य संगठन दु:खी, सँगै अघि बढ्न आग्रह
काठमाडौं, ३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. अधानोम टेड्रोसले अमेरिकाको पछिल्लो निर्णयबाट आफू दुःखी भएको बताउनुभएको छ । जेनेभामा आयोजित मिडिया ब्रिफिङमा उहाँले संयुक्त राज्य अमेरिका डब्ल्यूएचओको एक लामो समयदेखि उदार मित्र रहेको र यो सम्बन्ध जारी रहने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति झुकाव राखेको र पछिल्ला समय समन्वयकारी भूमिका नखेली काम सन्तोषजनक नगरेको भन्दै डब्ल्यूएचओलाई गर्दै आएको सहयोग बन्द गर्ने निर्णय गर्नुभएपछि महानिर्देशक टेड्रोसले निर्णयमा पुर्विचार गर्न आग्रह गर्दै सँगसँगै स्वास्थ्य सुधारका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले डब्ल्यूएचओ कोभिड नाइन्टिनको लडाईंमा मात्रै नभई पोलियो, दादुरा, मलेरिया, इबोला, एचआईभी, क्षयरोग, कुपोषण, क्यान्सर, मधुमेह, मानसिक स्वास्थ्य लगायतका अन्य रोगहरु विरुद्ध पनि लडिरहेको बताउनुभयो ।
ब्रिफिङमा सम्बोधनका क्रममा टेड्रोसले भन्नुभयो जब सन् १९४५ मा राष्ट्रसंघका राष्ट्रहरुबीच भेट भयो त्यहाँ धार्मिक, राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रबाट विश्वका जनताको आधारभूत स्वास्थ्य अधिकारको संरक्षण हुनुपर्ने र त्यसका लागि एउटा संगठन स्थापना हुनुपर्ने छलफल चलेको थियो संगठन आज पनि सोही भिजन अनुसार नै अगाडि बढिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत