रुकुममा २ को कोरोना रिपोर्ट पोजेटिभ, पुनः परीक्षणका लागि स्वाब काठमाडौं ल्याइँदै
र्यापिड टेस्टमा पोजेटिभ देखिएका चितवनका चारै जनामा कोरोना देखिएन
काठमाडौं, ३ बैशाख । रुकुम पश्चिममा पीसीआर प्रयोगशालामा गरिएको नमुना परीक्षणमा दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । कैलालीको आरटी, पीसीआर प्रयोगशालामा नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । होम क्वारेन्टाइनमा १४ दिन बसिसकेपछि परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको रुकुमका प्रदेशसभा सांसद गोपाल शर्माले जानकारी दिनुभयो । उहाँले दुबै जना भारतको कलकत्ताबाट चैत १० गते नेपाल आएको बताउनुभयो ।
क्वारेन्टाइनमा रहदा उहाँहरुमा कुनै पनि लक्षण देखिएको थिएन । दुबै जनाको उमेर ३५ देखि ४० वर्षका रहेकाे छ । थप परीक्षणका लागि दुबै जनाको स्वाब बोकेर एम्बुलेन्स हिँडिसकेको छ । दुबैलाई चौरजहारी सामुदायिक अस्पतालमा रहेको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । सुर्खेतमा स्थापना भएको प्रयोगशालाको कोरोना परीक्षण गर्ने क्षमता न्यून भएपछि गत सोमबार कर्णालीका ९९ नमुना परीक्षणका लागि कैलालीमा रहेको प्रयोगशालामा पठाइएको थियो ।
यसैबीच चितवनमा र्यापिड डायग्नोष्टिक टेस्टमा पोजेटिभ देखिएका ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर मार्फत परीक्षण गर्दा उहाँहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत