अमेरिकामा एकै दिन २ हजार २ सयको मृत्यु, कोरोना संक्रमित २० लाख
काठमाडौं, ३ बैशाख । कोरोना भाइरस रोगबाट संक्रमण हुनेको संख्या २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार २० लाख ९ सय ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै १ लाख २८ हजार ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
मानवीय क्षति र संक्रमण दुबै अमेरिकामा उच्च छ । अमेरिकामा मंगलबार २ हजार २ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ३ सय पुगेको छ भने ६ लाखभन्दा बढीमा संक्रमण भएको छ । बेलायतमा थप ७ सय ६१ जनाको मृत्यु भएको छ ।
बेलायतमा मृत्यु हुनेको संख्या १२ हजार ८ सय ६८ पुगेको छ भने ९८ हजार ४ सय ७६ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय ६७ जनाको मृत्यु भयो । स्पेनका स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १८ हजार ५ सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत