सनसिटीमा २ सय ८२ कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
अ +
अ -
काठमाडौं, ३ बैशाख । पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा आज ए ब्लकमा रहेकालाई गरिएको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको ए ब्लकका २ सय ८२ जनालाई गरिएको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको अर्पाटमेन्टकी स्वेता पौडेलले जानकारी दिनुभयो ।
अपार्टमेन्टमा ए, बी, आ, जे, भी गरि ५ वटा ब्लक रहेका छन् । बाँकीको भोलि टेस्ट गरिनेछ । अपार्टमेन्टमा करिव १३ सय मानिस बस्दै आएका छन् । अपार्टमेन्टमा रहेका एकै परिवारका दुई जनालाई कोरोनाको संक्रमण भएपछि त्यहाँ रहेका सबैलाई परीक्षण गर्न लागिएको हो । चैत ५ गते उहाँहरु बेलायतबाट नेपाल आउनुभएको थियो । आफन्तलाई कोरोना संक्रमण भएपछि बेलायतमा आइसोलेसनमा बसेर नेपाल आउनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत