र्यापिड टेस्टमा गर्दा काभ्रेका दुई युवामा कोरोना देखियो
काभ्रे, २ वैशाख । र्यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी) गर्दा बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक, एक जनामा कोरोना भाइरस (कोभिड– १९) पोजिटिभ देखिएको छ । बेथानथोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ।
बेथानचोकका युवा गत ९ चैतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आउनुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले कोरोनाको लक्षण पोजेटिभबारे आधिकारिक जानकारी स्वास्थ्य मन्त्रालयलाई दिइने बताउनुभयो । उहाँले काभ्रेका स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परीक्षण गर्ने बताउनुभयो । जसमध्ये आजसम्म १ सय ९१ को परीक्षण भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत