अपार्टमेन्टको कार्यक्रममा सहभागी अर्थमन्त्री क्वारेन्टाइन बस्नुहुन्छ त ?
काठमाडौं, २ बैशाख । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका दुई जनालाई कोराेनाको पुष्टि भएको छ । यसअघि संक्रमितहरु सहभागी कार्यक्रममा जानुभएका अर्थमन्त्री डा.युवराज खतिवडा अब तुरुन्तै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तीन मध्ये दुई जनालाई पुष्टि भएको छ एक जनाको भने रिपोर्ट आउन बाँकी छ । अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावमा संक्रमितहरुले मतदान गरेको र नयाँ कार्य समितिलाई बधाई दिन अर्थमन्त्री युवराज खतिवडा पनि पुग्नुभएको थियो ।
यसअघि हेल्थपाटीले कसरी पुगे नेपाली सांसद भारतीय क्वारेन्टाइनमा ? वीरगञ्ज त्रासमा शीर्षकको समाचार प्रकाशित गरि फलोअप गरे पश्चात भारतको रक्सौल स्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई भेटेर आएका सांसद प्रदीप यादवलाई क्वारेन्टाइमा राखिएको छ । कोरोना पुष्टि भएका व्यक्तिसँगको सम्पर्कमा रहेका सबै व्यक्तिको पहिचान गरि क्वारेन्टाइनमा राखी उच्च निगरानीमा राख्नुपर्ने हुन्छ । यसरी हेर्दा अब अर्थमन्त्री खतिवडासँग सम्पर्कमा आएका सबैजनालाई क्वारेन्टाइनमा राखी उच्च निगरानीमा राख्नुपर्छ ।
सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन
यस्तै चुनावका दिन कार्यक्रममा सहभागी भएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्छ । सोसाइटीको सचिवमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा निर्वाचित हुनुभएको थियो । अपार्टमेन्टमा बस्दै आउनुभएका एकै परिवारका तीन जनालाई र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि हिजो नै अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टमा करिव ४ सय परिवार बस्दै आएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत