सँगै बसेका आफन्तलाई कोरोना पुष्टि भएपछि नेपाल फर्किएका पेप्सीकोलाका आशंकित
संक्रमित उपस्थित कार्यक्रममा अर्थमन्त्री खतिवडा सहभागी
डेढ महिना अघि आफन्तलाई भेट्न बेलायत गएको र आफन्तलाई कोरोना भएपछि बेलायतबाट चैत ५ गते नेपाल फर्कनुभएको थियो । नेपाल फर्किएपछि पनि उहाँहरु १४ दिन क्वारेन्टाइनमा बस्नुभएको थियाे ।
काठमाडौं, २ बैशाख । र्यापिड टेस्टमा पोजेटिभ देखिएका पेप्सीकोला सनसिटी अपार्टमेन्टका तीन जना बेलायतमा छँदा कोरोना भाइरस पोजेटिभ देखिएको व्यक्तिको घरमा बसेको पाइएको छ । अपार्टमेन्टमा बस्ने एक परिवारका अनुसार बेलायतमा बहिनीलाई कोरोना पोजेटिभ देखिएको र आइसीयुमा राखेर उपचार गरिएको थियो ।
बेलायतमा छँदा तिनै जना सेल्फ आइसोलेसनमा बसेका उहाँहरु डेढ महिना अघि आफन्तलाई भेट्न बेलायत गएको र आफन्तलाई कोरोना भएपछि बेलायतबाट चैत ५ गते नेपाल फर्कनुभएको थियो । नेपाल फर्किएपछि पनि उहाँहरु १४ दिन क्वारेन्टाइनमा बस्नुभएको तर अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन । बाहिरबाट आएका कारण र्यापिड टेस्टले परीक्षण गर्दा उहाँहरुको रिपोर्ट पोजेटिभ आएको थियो । उहाँहरुसँगै अरु २६ जनाको पनि परीक्षण गरिएको थियो ।
थप निर्क्यौलका लागि पीसीआरबाट परीक्षण गर्न स्वाब संकलन भइसकेको छ । तीनै जना पाटन अस्पतालमा भर्ना छन् । आमाको उमेर करिव ७५ र छोरा बुहारीको करिव ५०–५२ वर्ष रहेको छ । सनसिटी अपार्टमेन्टको ए ब्लकको १५ औं तलामा बस्दै आउनुभएको थियो ।
यसैगरी अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावमा उहाँहरुले मतदान गरेको र नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री युवराज खतिवडा पनि पुग्नुभएको थियो । सोसाइटीको सचिवमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा निर्वाचित हुनुभएको थियो । अपार्टमेन्टमा बस्दै आउनुभएका एकै परिवारका तीन जनालाई पोजेटिभ देखिएपछि हिजो नै अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टमा करिव ४ सय परिवार बस्दै आएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत