कोरोनाको कारण एक आदिवासीको मृत्यु, अमेजोन जंगलमा कसरी सर्यो कोरोना !
काठमाडौं, २ बैशाख । ब्राजिलको अमेजोन जंगलमा बस्दै आएका आदिवासी समुदायमा एक किशाेरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उत्तरी राज्य रोराईमाका स्वास्थ्यकर्मीहरुले यानोमामीकाे मृत्यु भएको जानकारी गराएका छन् । तीन हप्ता अघिदेखि बिरामी परेका ती युवाले अरु धेरै साथी र छिमेकमा पनि रोग फैलाएको हुनसक्ने अनुमान गरिएको छ ।
जंगल बीचमा बस्दै आएका समुदायसँग बाहिरी समाजको सम्पर्क छैन । यो अवस्थामा युवालाई कसरी संक्रमण भयो भन्ने विषय अज्ञात रहेको अन्तर्ाष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै ब्राजिलमा आदिबासी समुदायको मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि ब्राजिलको उत्तरी केन्द्र पारामा ८७ वर्षकी महिलाको मृत्यु भएको थियो भने अरु सात जनामा संक्रमणको पुष्टि भएको छ ।
दक्षिणी ब्राजिलमा आयोजित एक कार्यक्रममा सहभागी भई फर्किएका डाक्टरबाट संक्रमण फैलिएको आशंका गरिएको छ । सूचना र चेतनामुलक सन्देश प्रवाहमा भएको कमजोरीले ब्राजिलमा मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा गइरहेका छन् जसले संक्रमण बढाउने त्रास फैलिएको छ ।
एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत