दुई दिनमा ५ व्यक्तिमा कोरोना संक्रमण, संक्रमितको संख्या १४
काठमाडौं, १ बैशाख । पछिल्लो दुई दिनमा नेपालमा नयाँ ५ व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका दुईवटा नमुना परीक्षणमा आज दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कैलालीको लम्कीमा ६५ वर्षकी महिला र रौतहटमा क्वारेन्टाइनमा रहेका १९ वर्षका युवालाई संक्रमणको पुष्टि भएको हो । यसअघि शनिबार वीरगञ्जमा ३ जना पुरुषलाई संक्रमण देखिएको थियो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले आज थप दुई जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुरु भइसकेको बताउनुभयो । संक्रमित मध्ये सेती प्रादेशिक अस्पतालमा ५, बाग्लुङमा २, वीरगञ्जमा ३, धनगढीमा २, सरुवा रोग अस्पतालमा २ जना उपचाररत हुनुन्छ ।
पहिलो संक्रमित निको भएर करिव ३ महिना अगाडि नै घर गइसक्नु भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत