र्यापिड टेष्टमा नेगेटिभ, पीसीआरमा पोजेटिभ १३ औं संक्रमित
अ +
अ -
काठमाडौं, १ बैशाख । कैलालीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगञ्जमा चिया पसल गर्दै आउनुभएकी ६५ वर्षकी बृद्दा चैत ९ गते कैलाली जानुभएको थियो र १४ दिनको क्वारेन्टाइनमा पनि बस्नुभएको थियो । गाँउमा आफ्नो घर नभएकी बृद्दा क्वारेन्टाइनको बसाइपछि आफन्तकोमा बस्दै आउनुभएको थियो ।
र्यापिड टेस्टमा नेगेटिभ आएपछि बृद्दालाई चैत २८ गते घर पठाइएको थियो । तर पछि पीसिआर विधिमार्फत परीक्षण गर्दा उहाँलाई पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो । वीरगञ्जमा चिया पसल गर्दै आउनुभएकाले बृद्दालाई वीरगञ्जमा नै संक्रमण भएको हो कि भन्ने शंका गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत