तीन जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
अ +
अ -
काठमाडौं,३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनामा कोरोना भाइरस रोगको संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयको आधिकारीक फेसबुक पेज मार्फत संक्रमितलाई विरगञ्जको नारायणी अस्पतालमा भर्ना गरेको जानकारी दिएको छ ।
पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा संकास्पद रुपमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ३७,४४ र ५५ वर्षका पुरुष रहेकाछन् ।
वीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि ।
हेल्थपाटी 
तपाईँको अभिमत