अपडेटः बीरगञ्जमा चाड मनाउन भेला भएका थिए तीन संक्रमित
काठमाडौं,३० चैत । वीरगञ्जमा कोरोनाको संक्रमण देखिएका तीन व्यक्ति सवे बारात चाड मनाउन टोल टोलमा घुमेकोपनि पाइएको छ । तीन जनालाई संक्रमण देखिएपछि आश्रमका २६जनालाईपनि क्वारेन्टाइनमा राखिएको स्रोतले जानकारी दिएको छ । यसैगरी उहाँहरु उपचाररत अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।
संक्रमितहरुसंग गएका अरु २६ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।
बिहीबार स्क्रीनिङको क्रममा उहाँहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो ।
त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निक्र्यौलका लागि नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो । संक्रमितहरु बाराको खुला नाका भएर वीरगन्ज आएको बताइएको छ । उहाँहरु छपकैंयामा रहेको मस्जिदमा लुकेर बसेको र ज्वरो आएपछि आफै नारायणी अस्पताल पुग्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत