कोरोना रोकथाममा माइक्रोवायोलोजिष्टहरुलाई सामेल गराउ
काठमाडौं, २९ चैत । माईक्रोवायोलोजिष्ट (स्वास्थ्य बैज्ञानिक)हरुले कोरोना भाइरस रोगको निदान,रोकथाम नियन्त्रण र अनुसन्धानमा आफुहरुलाई पनि सहभागि गराउन सरकारसंग माग गरेका छन् । माईक्रोवायोलोजी संघर्ष समितिले विज्ञप्ती निकालेर अस्थाई लाइसेन्स जारी गरि अहिलेको बिषम परिस्थितिमा आफुहरुलाई सधै साथमा लिन सरकारसंग माग गरेको हो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स नभई काममा लाग्ने कानुनी आधार नभएकाले लाइसेन्स प्रक्रिया तत्काल सुचारु गरि प्रयोगशालामा नमूना परीक्षण देखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन,रोकथाम,नियन्त्रण र अनुसन्धान गर्न माइक्रोवायोलोजिष्टहरुलाई सामेल गराउनपर्ने भनाई संघर्ष समितिको छ । केही दिन अगाडि र्यापिड टेष्ट किटको म्याद परीक्षण गर्न समितिका महासचिव अनिल साहको नेतृत्वको टोली सुदुरपश्चिम प्रदेश कैलाली गई क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमुना संकलन गरि काठमाडौं फर्केको र अबका दिनमा पनि महामारी नियन्त्रणमा आफुहरु लाग्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हेरौ विज्ञप्ती :
तपाईँको अभिमत