दक्षिण कोरियामा कोरोना निको भएका मानिसलाई पुनःसंक्रमण
काठमाडौं, २९ चैत । दक्षिण कोरियामा उपचारपछि निको भएका ९१ जना व्यक्तिलाई फेरि कोरोनाको संक्रमण भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक ज्योङ इयुन क्योङले पूर्ण लक्षण देखिनु अगाडि नै भाइरस सक्रिय भएकाले निको भएका मानिसमा फेरि संक्रमण देखिएको हुनसक्ने बताउनुभयो । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
निको भइसकेका व्यक्तिमा पुनःसंक्रमण अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेको छ । धेरै देशहरुमा निको भइसकेका व्यक्तिमा पनि पुन संक्रमण भइरहेको छ । कोरियामा करिब ७ हजार संक्रमित निको भएका छन् । मुख्य केन्द्रबिन्दु रहेको थेंगुमा शुक्रबार संक्रमण शून्य देखियो भने देशभर ५० दिन यताकै न्यून संक्रमण देखियो । शुक्रबार कोरियामा २७ जना नयाँ व्यक्तिमा संक्रमण देखिएको कोरियाका सञ्चार माध्यमहरुले जनाएका छन् । कोरियमा हालसम्म १० हजार ४ सय ५० जनामा संक्रमणको पुष्टि हुनुका साथै २ सय ५ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत