स्वास्थ्यकर्मीको तलव कट्टा हुँदैन : स्वास्थ्य मन्त्रालय
अ +
अ -
काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका कर्मचारी तथा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले यसको जानकारी गराउनुभएको हो ।
मन्त्रिपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले बताउनुभयो । कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत