दक्षिण कोरियाकाे कोरोनाकाे केन्द्रबिन्दु थेंगुमा नयाँ संक्रमण शून्य
काठमाडौं, २८ चैत । दक्षिण कोरियाको थेंगुमा पहिलो पटक कोरोनाकाे नयाँ संक्रमणको संख्या शून्य भएको छ । चीनको हुबेईपछि अति प्रभावित रहेको थेगुमा शुक्रबार कुनै पनि नयाँ केस नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । थेंगुमा गत फेब्रुअरीको अन्त्यमा संक्रमण देखिएको थियो । कोरियाका अन्य शहरहरुमा पनि संक्रमण अति कम संख्यामा देखिएको छ ।
कोरियामा शुक्रबार २७ जना नयाँ व्यक्तिमा संक्रमण देखियो । कोरियामा संक्रमण तिब्र भएका बेला दिनहुँ ९ सय भन्दा बढीमा संक्रमण देखिने गर्दथ्यो । थेगुमा ६ हजार ८ सय ७ जना र देशभर १० हजार ४ सय ५० जनामा संक्रमणको पुष्टि भएको थियो । तर कोरियाले लकडाउनमा गरेको कडाइपन, परीक्षण, निगरानी, आइसोलेसन र उपचारमा अपनाएको व्यवस्थित प्रणालिले संक्रमण नियन्त्रणमा आएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत